Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

सत्ता समीकरण : तीन दलले आज खोज्नेछन् ‘नयाँ प्रधानमन्त्री’ !

सत्ता समीकरण : तीन दलले आज खोज्नेछन् ‘नयाँ प्रधानमन्त्री’ !

  • काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, निर्णायक मानिएको जनता समाजवादी पार्टी र सत्तारुढ दलकै एक हिस्सा माओवादी केन्द्रबीच त्रिपक्षीय बैठक हुने भएको छ। जसपा र कांग्रेस, जसपा र माओवादी, कांग्रेस र माओवादीबीच दुईपक्षीय छलफल पटक–पटक भइसकेका छन् । आज सोमबार भने तीन दल एकै ठाउँमा बस्न लागेका हुन् । त्रिदलीय बैठकले नयाँ सत्तासमीकरणको नेतृत्व कुन दलले गर्ने भन्ने तय हुने सम्भावना रहेको बताइएको छ । सर्वोच्चको फैसलापछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा फर्किएपछि नयाँ सत्तासमीकरणको प्रयास सुरु भएको हो । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने सुनिश्चित भएपछि ओलीलाई दिएको समर्थन फिर्ता लिने बताइसेकका छन् । माओवादीले समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आउनेछ । उता प्रधानमन्त्री ओली पनि माओवादीले साथ छोडेपछि कसरी सत्ता जोगाउने रु भन्ने योजनामा रहेका छन् । प्रधानमन्त्री ओलीले जसपाका नेताहरुसंग पटक(पटक वार्ता गरेका छन्। जसपाले आफ्नै नेतृत्वमा चुनावी सरकारको नेतृत्व गर्ने इच्छा देखाएको छ । प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा पनि जसपाका नेताहरुले जेलमा रहेका आफ्ना पार्टीका सांसद रेशम चौधरीको रिहा, मधेस, थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लगायतका माग गरेका छन् ।

    images
    images
    images

    जसपाका अध्यक्ष महन्थ ठाकुर निकटस्थ भने उनलाई प्रधानमन्त्री बनाउन तयार भए ओलीसँग सहकार्य गर्न सकिने पक्षमा छ । उपेन्द्र यादव र डा. बाबुराम भट्टराई भने ओली सरकारको निरन्तरताको पक्षमा देखिएका छैनन् । जसपा स्रोतका अनुसार कांग्रेस र माओवादी केन्द्रसँग सत्ता समीकरणको पक्षमा जसपाभित्र बलियो मत देखिएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्र सरकारमा जानुहुन्न भन्ने मत मत्थर भइसकेको छ भने संस्थापन इतर समूहले नेतृत्वका लागि अगाडि बढ्न सभापति शेरबहादुर देउवालाई आग्रह गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij