Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

ललितानिवास जग्गा प्रकरण : अदालत उपस्थित हुन आनाकानी गरिरहेका गच्छादारको घरमै टाँसियो म्याद

ललितानिवास जग्गा प्रकरण : अदालत उपस्थित हुन आनाकानी गरिरहेका गच्छादारको घरमै टाँसियो म्याद

  • काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा जोडिएका पूर्व उपप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छादारको घरमा म्याद तामेली टाँस गरिएको छ । विशेष अदालत काठमाडौंले गच्छादारको घरमा फागुन २३ गते आइतवार एक महिनाको अवधि राखेर म्याद टाँस गरेको हो । गच्छादारलाई एकवर्षदेखि अदालतमा उपस्थित हुन भनिएपनि उपस्थित नभएपछि घरमै म्याद टाँस गर्नुपरेको विशेष अदालत स्रोतले जनाएको छ । स्रोतका अनुसार गच्छादारलाई यसअघि समेत दुई पटकसमेत अदालतमा उपस्थित हुनका लागि निर्देशन दिइएको थियो । यसअघि दुई पटकसम्म गच्छदारविरुद्ध विशेष अदालतले 'बेपत्ते तामेली'टाँस गरिएपनि गच्छादार उपस्थित नभएपछि तेस्रो पटक पुनः तामेली टाँस गरिएको हो ।

    images
    images
    images

    बालुवाटारको ११३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका तत्कालिन उपप्रधानमन्त्री गच्छदारसहित १७५ जनाविरुद्ध २०७६ माघ २२ गते मुद्दा दायर गरिएको थियो । गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रुपमा गैरकानुनी कार्य गरेको अभियोगपत्रमा उल्लेख छ।

    त्यस्तै गछदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij