Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

पेरिसडाँडामा शुरु भयो माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक

पेरिसडाँडामा शुरु भयो माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे शुरु हुने भनिएको बैठक केही ढिला गरि शुरु भएको हो । फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँत्याइदिएपछि यो माओवादी केन्द्रको पहिलो बैठक हो । आजको बैठकमा पार्टी पूर्ववत् (माओवादी केन्द्र) मा फर्किएपछि एमालेमा लागेका नेताहरूलाई कारबाही गर्ने, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन फिर्ता र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । यसअघि शनिवार माओवादी केन्द्रको स्थायी कमिटी बसेको थियो । उक्त बैठकले आजको लागि केन्द्रीय कमिटी बैठक बोलाउने साथै केन्द्रीय कमिटी बैठकको कार्यसूची तयार गरेको थियो ।

    images
    images
    images

    शनिवारको बैठकमा पूर्व माओवादी केन्द्रतर्फका सरकारका मन्त्रीहरुलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ माओवादी केन्द्रका नेताहरुसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij