
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल पक्षले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकका निर्णय नमान्ने भएको छ । नेपाल समूहको नयाँबानेश्वरस्थित अर्याल होटलमा भएको स्थायी कमिटीको बैठकले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकका निर्णय मान्न नसकिने निष्कर्ष निकालेको हो । बैठकपछि नेता रघुजी पन्तले भने, “नेकपा एमालेको विधि, विधान नियमावलीविपरीतको बैठक हो । यसको वैधानिकता छैन । यो बैठक अवैधानिक छ । यसलाई मान्न सकिँदैन,।” उनले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक नभएर आफूपक्षीय नेताहरुको भेला भएको टिप्पणी गरे ।
ओलीको निर्णयले पार्टी विभाजनतिर लैजाने उनको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij