
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बागमती प्रदेशको इन्चार्जमा रामबहादुर थापा बादललाई नियुक्त भएका छन् । आज बसेको एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले पूर्व माओवादीबाट एमालेमा आएका बादलसहित २३ नेताहरुलाई एमाले केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । आजको बैठकले महाधिवेशन परिचालन कमिटी समेत गठन गरेको छ । यसअघि एमालेमा २०५ जना केन्द्रीय सदस्य रहेका थिए, पूर्व माओवादीबाट २३ जना थप भएसँगै अब २२८ जनाको केन्द्रीय कमिटी हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij