Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

जसपा संसदीय दलको बैठक सकियो, के भयो कुरा ?

जसपा संसदीय दलको बैठक सकियो, के भयो कुरा ?

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको नेता चयन गर्न सकेन । शुक्रवार बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने अपेक्षा गरिए पनि आन्तरिक विवादका कारण उक्त विषयलाई थाती राखिएको बताइएको छ । नयाँ सत्ता समीकरणका लागि निर्णायक भूमिका निर्वाह गर्ने स्थानमा रहेको जसपा नेपालले अहिलेसम्म आफ्नै संसदीय दलको नेता चयन गर्न सकेको छैन । संसदीय दलको नेताका लागि महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, डा। बाबुराम भट्टराई आकांक्षी छन् ।

    images
    images
    images

    बैठकमा संसदीय दलको विधानसमेत प्रस्तुत भएको छ । विधान अध्ययन गरी अर्को बैठकमा यसलाई पारित गर्ने जनाइएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीचको एकीकरणपछि जसपा बनेपनि संसदीय दलमा भने अहिले पनि दुवै पार्टी छुट्टाछुट्टै छन् । मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइलगायतका माग सम्बोधन भए सरकारमा सामेल हुने जसपाको अडान छ ।

    संसदीय दलको बैठकअघि जसपाका शीर्ष नेताहरू छुट्टै छलफलमा जुटेका थिए । अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोबीच सिंहदरबारस्थित संसदीय दलको कार्यालयको अर्को कक्षमा छुट्टै छलफल हुँदा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई भने अनुपस्थित भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij