Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

फर्किन पर्दैन, उतै बसे हुन्छ : प्रचण्ड

फर्किन पर्दैन, उतै बसे हुन्छ : प्रचण्ड

  • काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ओली पक्षमा लागेका पूर्व माओवादी नेतालाई एमालेमै बस्न सुझाव दिएका छन् । बुटवलमा शुक्रवार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले त्यस्ता नेताहरूले फकाउन मन लाग्न छाडेको बताए । 'आजभोलि त्यस्ता मान्छेलाई फकाउन मन लाग्न छोड्या छ । फकाउन पटक्कै मन छैन । केही साथीहरूले तपाईंले भने फर्किन्छु भन्या छन् भन्छन्, भो फर्किन पर्दैन, उतै बसे हुन्छ,' प्रचण्डले भने, 'बरु यहाँ आएर रोए भने म पग्लिन्छु कि भन्ने डर छ ।' उनले भाँचिएका, कुच्चिएकाहरूलाई फकाउँछु भन्दा हालत खराब भएको बताए । 'फेरि पनि जोड दिएर भन्नुपर्ने कुरा के हो भने टेक्नचाहिँ आफ्नै खुट्टामा टेक्नुपर्ने रहेछ । अलिअलि त्रुटि मैले पनि गरेछु,'प्रचण्डले भने, 'यसलाई फकाएर होला कि, उसलाई फकाएर होला कि भनेर बिग्रिएका, कुच्चिएका, भाँच्चिएकालाई फकाउँछु भन्दा हालत खराब भयो । के गरें भनेर मैले अहिले आत्मसमीक्षा गर्न थाल्या छु । त्यस्तालाई भन्दा त दृढतापूर्वक प्रचण्ड बनाउन मेहनत गरेका साथीहरूलाई भरोसा गरेको भए त यो दिन त देख्न पर्दैन थियो नि !'

    images
    images
    images

    प्रचण्ड पूर्व माओवादीबाट ओलीलाई साथ दिएकामध्ये ३ नेतामाथि बढी आक्रामक देखिए । उनले रामबहादुर थापा 'बादल' र टोपबहादुर रायमाझी सिधै इंगित गरे भने मणि थापालाई नाम नलिई कटाक्ष गरे । 'त्यत्रो बदमासी गरेकालाई ल्याएर गृहमन्त्री बनाएर त .... । बाबुरामजीसँग वैचारिक संघर्ष भयो त्यतिबेला टोपबहादुरले साथ दिएर भनेर लगेर सब गर्ने भन्दा त यो गति... ! अरू त अरू त्यो एउटा, न दुईजना मान्छे छन्, न कोही छन्, स्थायी कमिटी सदस्य बनाइदिएको त अहिले मन्त्री,' प्रचण्डले भने । पूर्व माओवादी खेमाबाट ओली पक्षमा लागेका ७ जना अहिले मन्त्री छन् । सर्वोच्चले माओवादी केन्द्र ब्युँताइदिए पनि उनीहरू पार्टीमा फर्किएका छैनन् । ओली खेमामा लागेका बादल, टोपबहादुर, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा माओवादी केन्द्रमा नफर्किएका हुन् ।

    यीमध्ये थापा र लामा सांसद होइनन् । बादल राष्ट्रिय सभा सांसद हुन् भने बाँकी ४ जनाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij