
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौँ । नयाँ परिस्थितिबारे छलफल गर्न संसदको ठूलो दल नेकपा एमालेले चैत १ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । २०७५ चैत ३ गते माओवादी केन्द्रसँग एकीकृत भएर नेकपा बनेपछि एमाले विघटन भएको थियो । तर २३ गतेको सर्वोच्चको फैसलाले ब्युँताइदिएपछिनयाँ परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले पार्टी एकीकरणपछि नेताहरुमा बढेको अविश्वास र आपसी विवादको समाधान त्यही बैठकले गर्ने बताएको खबर कान्तिपुरमा छापिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij