
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । चितवन भरतपुर महानगरपालिका १४ बाट तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । ३५ वर्षीय दिलीप दराईको घर पछाडि खाली ठाउँमा तास खेलिरहेको अवस्थामा राई सहित ९ जनालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो । उक्त ठाँउमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३७ हजार ५ सय ४० रुपैँया र तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij