
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले बुधबार साँझ ट्वीट गरे, उनले ट्वीटमा लेखेका थिए-'ओली हटाऊ देश बचाऊ' । सो ट्वीट गरेको २४ घण्टा नबित्दै डा.बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् । डा. भट्टराईले ट्वीटमा लेखेका थिए,-‘अखाद्य वस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव हो तर नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत ? यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरुको सिकारमा विषाक्त घाँस हाल्दैछन् । किन नबुझेको ?’ डा.भट्टराईले उक्त ट्वीटमा ‘ओली हटाऊ देश बचाऊ’ नारालाई ‘ह्यासट्याग’मा राखेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij