
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्री ओलीले सत्ता समिकरणका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले जसपाका ५ शीर्ष नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका हुन् ।
आज साँझ ५ बजे जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई बालुवाटार जाने भएका छन् । आजको छलफलमा जसपाले प्रधानमन्त्री ओलीसँग रेशम चौधरीको रिहाइको मागसहित सत्ता समिकरणका विषयमा छलफल गर्ने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij