
May 14 2025 | २०८२, वैशाख ३१ गते
एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल तथा झलनाथ खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही ‘सफ्ट’ देखिएपनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ ।
सोहीअनुसार बुधबार राजधानीमा बसेको नेपाल पक्षीय भेलाले विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने मुख्य भूमिका ओलीकै हुने भन्दै त्यसको पहलकदमी उनैले लिनुपर्ने आवश्यकता औंल्याएको छ ।
तर नेपाल पक्षले गुटगत भेला जारी गरेको भन्दै ओली पक्ष रुष्ट छ । एमालेलाई शक्तिशाली बनाउन सबै एकमत भएपनि ओली पक्ष नेपालसँग अझै सशंकित नै रहेका छन् । राजधानी दैनिकमा खबर छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij