
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौँ- नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले आफू सितको थोपा बनी मुस्कुराई रहने बताएकी छन् । साविक नेकपाबाट एमालेमा फर्किएपछि उनले मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भाबना देख्ने भन्दै आफ्नो धारणा राखेकी छन् । बुधवार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्ने उल्लेख गरेकी छन् । उनले लेखेकी छन्,’ प्रिय साथीहरू, सितको थोपा बनी मुस्कुराई रहनेछु। मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भाबना देखिरहेका हुन्छन्। क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ।’
साविक नेकपाको माधव-प्रचण्ड समूहमा रहेर प्रधानमन्त्री केपी शर्मा ओलीको कडा शब्दमा विरोध गरेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij