Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

नेपाली सेनलाई अवाश्यक विवादमा तान्न हुँदैन : प्रधानमन्त्री ओली

नेपाली सेनलाई अवाश्यक विवादमा तान्न हुँदैन : प्रधानमन्त्री ओली

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने प्रयास हुँदै आएको भन्दै वादप्रतिवादमा नउत्रिने संस्थालाई कसैले पनि विवादमा तान्न नहुने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । परिषद्का अध्यक्ष तथा रक्षामन्त्रीको भूमिकामा समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘नेपाली सेनालाई अनावश्यक विवादमा तान्न खोज्ने वा अपमान, प्रोभोक गर्न खोज्ने अझ घिसारेर विवादमा ल्याउन खोज्ने प्रवृत्ति देखिन्छ । अनुत्तरदायी ढंगले सेनालाई हिलो छ्याप्नु हुँदैन । कानुन उलंघन सेनाले गरेको छ भने हेर्ने निकाय छँदैछन् । तर वाद प्रतिवादमा नउत्रिने संस्थालाई कसैले पनि विवादमा तान्न हुन्न ।’

    images
    images
    images

    उनले सो अवसरमा सेनाको प्रशंसा गर्दैै ओलीले प्रतिरक्षा सुरक्षा, निर्माणजन्य र सेवाजन्य काम सेनाले गर्दै आएको भन्दै पहरासँग टकराउन पनि सेनाले मात्रै सक्ने बताए । ‘अप्ठेरो पर्दा हामी सेनालाई सम्झन्छौँ । सेनाको गौरवपूर्ण इतिहास छ’, ओलीले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अरुले खल्बल्याएको शान्ति स्थानपामा सेनाले महत्वपुसर्ण भूमिका खेल्दै आएको छ ।’

    उनले पृथकतावादी आन्दोलनलाई अघिल्लो वर्ष सरकारले टुंग्याएको स्मरण गर्दै हालैमात्रै आन्तरिक हिंसा पनि सकिएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij