Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  • काठमाडौं । पुनर्स्थापनापछि प्रतिनिधिसभाको दोस्रो बैठक आज बुधवार बस्दै छ । संसद सचिवालय नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने  बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यसूची छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने कार्यसूची छ ।

    images
    images
    images

    यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश पेस गर्नेछन् । यसैगरी पूर्व तथा बाहालवाला गरि १४ सांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij