
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्र निर्वाचनको लागि मतपत्र छाप्न तयारी अवस्थामा रहनुपर्ने बताएका छन् । आज (मंगलवार) जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले कुनैपनि बेला मतपत्र छाप्ने निर्देशन आउने भन्दै उनले त्यसको लागि तयारी रहन आग्रह गरेका हुन् । उनले भने – ‘सबै हामीले अहिले हेरेका मेशिनहरु मध्ये निर्वाचन आयोगबाट प्राप्त गरेको मतपत्र छाप्नलाई राखिएको मेशिन त्यसलाई रेडी पोजिशनमा राख्नुस् । निर्वाचन आयोगले आदेश दिन बित्तिकै खररररर मत पत्र छापिने गरेर तयारीमा रहनुस् । कुनैपनि बेला तपाइहरुलाई यो आदेश आउनेछ ।’
मन्त्री श्रेष्ठले सरकारले चुनाव चाहेकोले निर्वाचन आयोगले मतपत्र छाप्ने ठाउँ समयमै छापेर दिनसक्ने स्थितिमा रहनुपर्ने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij