
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौँ । सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । एक मन्त्रीले रातोपाटीलाई दिएको जानकारी अनुसार आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो । सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामको विवादमा फैसला सुनाउँदै सो पार्टी ऋषि कट्टेलको नाममा रहने आदेश जारी गरेको थियो । त्यस्तै, नेकपा (एमाले) र माओवादी केन्द्र साबिककै अवस्थामा रहने पनि आदेश दिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij