
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ऋषिराम कट्टेलको पार्टी हो भनि सर्वोच्च अदालतले गरेको फैसलाको भोलिपल्ट अध्यक्ष प्रचण्डले नेकपाको अध्यक्षको हैसियतमा शुभकामना दिएका हुन् । आज विश्वभरका महिला दिदीबहिनीहरुको मात्र नभइ मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन हो । सर्वोच्च अदालतले निर्णय गरेपछि अब नेकपा रहेन माओवादी केन्द्र र एमाले छुट्टा छुट्टै पार्टी भनिएका बेला प्रचण्डबाट नेकपाकै नामबाट शुभकामना आएको हो । उनले शुभकामना पत्रमा भनेको छन्, आज विश्वभरका महिला दिदीबहिनीहरुको मात्र नभइ मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन हो । आज महिलाहरुको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द गरिएको संघर्षको दिन हो ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij