
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । सरकारसँग विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउनेलगायतका तीन बुँदे सहमति भएपछि उनी सार्वजनिक कार्यक्रममा पहिलोपटक देखिएका हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ तीन वर्षपछि पहिलोपटक सार्वजनिक भएका छन् । सरकार र विप्लव समूहबीच बिहीबार भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विप्लव सार्वजनिक भएका छन् ।
बुधबार र बिहीबार ६ चरणमा भएको वार्तापछि भूमिगत नेकपा महासचिव विप्लव सार्वजनिक भएका हुन् । उनीसँगै जेल र हिरासतबाट छुटेका नेता कार्यकर्ता पनि राष्ट्रियसभा गृहमा सार्वजनिक भएका छन् ।विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij