
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । बैठक आज दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्न लागेको हो । सांसदहरुको राय लिन बैठक बस्न लागेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
पुनःस्थापित संसदको बैठक यही फागुन २३ गते अपराह्न चार बजे बस्दै छ । यसअघि नै कांग्रेसले आफ्ना सांसदहरुलाई पुनःस्थापित संसद बैठक नबसेसम्म काठमाडौं उपत्यका नछाड्न निर्देशन दिइसकेको छ । नयाँ सत्ता समीकरणमा कांग्रेस निर्णायक अवस्थामा छ । प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेको बताए पनि ओली पक्ष सो प्रयासलाई असफल बनाउने रणनीतिमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij