
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिलोपटक सार्वजनिक भएसँगै प्रधानमन्त्री निवास बालुवाटार जान लागेका छन् । विगत दुई अघि सरकारले प्रतिवन्ध लगाएसँगै भूमिगत अवस्थामा रहेका विप्लव र सरकारबीच वार्ता भएसँगै शुक्रवार बिहान नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी सार्वजनिक भएका थिए ।
सार्वजनिक भएसँगै महासचिव चन्दले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाटसमेत गरेका थिए । आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै मञ्चबाट सम्बोधन गर्न लागेका विप्लव प्रहरीको सुरक्षामा काठमाडौं आइपुगेका छन् । सरकारले हेलिकप्टर पठाएर काठमाडौं ल्याउन लागेपनि विप्लवले त्यसलाई अस्वीकार गरी पैदल मार्गबाटै काठमाडौं आइपुगेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij