Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी

आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी

  • काठमाडौं । पासपोर्ट छपाइमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगले २ दिनअघि (मंगलबार) बूढानीलकण्ठस्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो । सूचना टाँसेको मितिले बाटोको म्यादबाहेक ३ दिनभित्र आयोगको टंगालस्थित कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ ।

    AGNI GROUP

    सूचनामा भनिएको छ- यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजु राणा देउवा समेत भएको राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा तपाईसँग बयान लिनुपर्ने भएकोले यो सूचना बुझेको वा तपाईँको घरदैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक ३ (तीन) दिनभित्र यस आयोगको महाशाखा नं.१२, कोठा नं.१२ टंगाल, काठमाडौंमा उपस्थित हुन आउनु होला, नआए कानुन बमोजिम हुनेछ ।

    गत फागुन १३ गते उपचारका लागि देउवा दम्पती सिंगापुर गएका थिए । हाल हङकङमा रहेको बताइएको छ ।

    राहदानी छपाइ प्रकरणमा अख्तियारले हालै राहदानी विभागका महानिर्देश तीर्थराज अर्यालसहित केही कर्मचारीलाई पक्राउ गरिसकेको छ । ठेकेदार कम्पनीका प्रतिनिधिलाई पनि बयानका लागि बोलाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij