Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ड संघबीच सम्झौता

गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ड संघबीच सम्झौता

  • काठमाडौं । गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ड संघबीच एक सम्झौता सम्पन्न भएको छ । बैंकमा आवद्ध चार्टर्ड एकाउन्टेन्डहरूलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरू प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ड संघबीच सम्झौता भएको हो ।

    onlinepatrika
    Arghakhachi

    सो सम्बन्धी सम्झौता–पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउन्टेन्ड संघको तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरे ।

    AGNI GROUP

    सम्झौतापछि नेपाल चार्टर्ड एकाउन्टेन्ड संघमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले न्युनतम आवश्यक कागजातमा ७५ हजार रूपैयाँदेखि ५ लाख रूपैयाँसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्नुका साथै आवश्यक प्रक्रिया पूरा गरी बिना धितो १५ लाख रूपैयाँसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा प्राप्त गर्न सक्नेछन् ।

    त्यसैगरी विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ड संघमा आबद्ध चार्टर्ड एकाउन्टेन्ड सदस्यहरूलाई आकर्षक व्याजदरमा घर कर्जा र सवारी साधन कर्जा समेत प्रदान गर्नेछ ।

    हाल बैंकले ‘अब आफ्नै घर’ भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि नै गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गरिरहेको छ ।

    गरिमा विकास बैंकले देशभर आफ्ना १२६ शाखा कार्यालय र ५१ एटिएम मार्फत करिब ९ लाख ५० हजार ग्राहकहरूलाई गुणस्तरीय डिजिटल तथा भौतिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij