Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छः निधि

कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छः निधि

  • वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र  लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताउनुभएको छ ।  नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा सङ्कट आएको जनाउँदै समाधानका लागि प्रतिनिधिसभा पुनस्थापना या निर्वाचनमा जानुपर्ने बताउनुभयो । 

    images
    images
    images

    सञ्चारकर्मीको एक प्रश्नका जवाफमा उपसभापति निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताउनुभयो । 

    उहाँले कांगे्रस मात्र नभएर नेपाली जनता र राजनीतिक दलको एउटै उद्देश्य भनेको प्रतिनिधिसभा निर्वाचन भएको जनाउँदै यसका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न पार्टी  तयार रहेको बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij