
May 07 2025 | २०८२, वैशाख २४ गते
काठमाडौं । उदयपुरमा जन्ती पुर्याएर फर्किएको बसलाई नदीमा भासिएको छ ।
जिल्लाको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको बाढीसहितको लेदोमा बस भासिएको चौदण्डीगढी नगरपालिकाकी उपप्रमुख मणिकादेवी दुलालले जानकारी दिइन् ।
‘जन्ति पुर्याएर फर्किएको गाडी बाढीले लेदो थुपारेको ठाउँमा भासिएछ,’ उनले भनिन्, ‘बसमा क्षति पुगेको छ अरु क्षति केही छैन ।’
सोमबार राति जिल्लाकै सिवाइबाट सप्तरीमा जन्ति पुर्याएर फर्किएको को १ ख ४७५३ नम्बरको बस भासिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij