Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

ओलीको प्यानलमा परेनन् सुहाङ, स्वतन्त्र उम्मेदवार बन्दै

ओलीको प्यानलमा परेनन् सुहाङ, स्वतन्त्र उम्मेदवार बन्दै

  • काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा इलामका युवा नेता सुहाङ नेम्वाङले केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सुहाङ अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा समावेश नगरेपछि स्वतन्त्र रुपमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएका हुन् ।

    AGNI GROUP

    गत भदौ २३ र २४ मा जेनजी विद्रोहपछि युवा प्रतिनिधित्व बढाउन विधान संशोधन गरिएको र युवाका लागि छुट्याइएको कलस्टरमा सुहाङ संस्थापन पक्षको प्यानलमा नपरेपछि उनले स्वतन्त्र रूपमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएका छन् ।

    सुवास नेम्वाङको असमय निधनपछि राजनीतिमा प्रवेश गरेका सुहाङ नेम्वाङ २०८१ सालमा इलाम–२ मा भएको उपचुनावमा एमालेको उम्मेदवार बनेर विजयी भएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij