Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

मधेसका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने

मधेसका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने

  • काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस ४ गते विश्वासको मत लिने भएका छन् । यादव यहि मंसिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

    onlinepatrika
    Arghakhachi

    यादव कांग्रेससहित जसपा नेपाल, जनमत, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिसहित ७ दलका ७७ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

    AGNI GROUP

    विश्वासको मत लिनु अघि यादवले आज मन्त्रिपरिषद्को विस्तारको तयारी गरेका छन् । हाल मुख्यमन्त्री यादवसँगै जनमत पार्टीका महेश प्रसाद यादव, कांग्रेसका जंगीलाल राय र नेपाल कम्युनिष्ट पार्टीका कनिष पटेल मन्त्री रहेका छन् ।

    मुख्यमन्त्री यादवलाई समर्थन गरेका लोसपा, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij