Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

माधव नेपालविरुद्धको मुद्दाको आज सुनुवाई हुदै

माधव नेपालविरुद्धको मुद्दाको आज सुनुवाई हुदै

  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सुनुवाइका लागि विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा पेशी तोकिएको छ । नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    AGNI GROUP

    २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा सञ्चालन गर्न काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो ।

    त्यसलगत्तै पतञ्जलीले बनेपा नगरपालिकाअन्तर्गत पर्ने साविकको साँगा,नासिकास्थान र महेन्द्र ज्योति गाविस (चलाल गणेशस्थान) मा ५ सय ९३ रोपनीभन्दा बढी जग्गा खरिद गरेकामा पछि मन्त्रिपरिषदबाटै निर्णय गराएर भूमिसम्बन्धी कानुनविपरीत हदबन्दी छुटको ३ सय ५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बिक्री गरेको थियो ।

    भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालन गर्न भनेर हदबन्दी छुटमा किनेको जग्गा अपचलन भएको सरकारी छानबिन समितिले ठहर गरेको थियो । नेपाल गत असारमा विशेष अदालतले तोकेको ३५ लाख धरौटी रकम तिरेर रिहा भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij