Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एमाले महाधिवेशन: निर्वाचन प्रक्रिया शुरु, आज उम्मेदवारी दर्ता हुने

एमाले महाधिवेशन: निर्वाचन प्रक्रिया शुरु, आज उम्मेदवारी दर्ता हुने

  • काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको तेस्रो दिन आज निर्वाचन प्रक्रिया शुरु हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    केन्द्रीय निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले आइतबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै आज मतदाता नामावली, उम्मेदार दर्ता र उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गर्नेलगायतका कार्यक्रम हुदैछन् ।

    AGNI GROUP

    कार्यतालिका अनुसार सोमबार बिहान  मतदाता नामावली उपर दाबि विरोध, छानबिन र निर्णयपछि अन्तम मतदाता नामावली सोमबार बिहान १०: १५ बजे प्रकाशित गरिने उल्लेख छ । त्यसपछि उम्मेदवारी दर्ता आज बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ । आजै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ । 

    मतदान पुस १ गते मंगलबार बिहना ११ बजेदेखि साँझ ५ बजेसम्म हुने छ भने मतगणना त्यसपश्चात हुने छ । आयोगले निर्वाचनका सबै कार्यक्रम महाधिवेशन स्थल भृकुटीमण्डपमा नै हुने जानकारी दिएको छ ।

    विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाइयो 

    एमालेले विधान संशोधन गर्दै केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाएको छ ।  केन्द्रीय कमिटीको आइतबार बसेको बैठकले पदाधिकारीको संख्या १९ बनाएको छ ।  जस अनुसार एक अध्यक्ष, पाँच उपाध्याक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ जना सचिव हुने भएका छन् । त्यस्तै केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाइएको छ । त्यस्तै केन्द्रीय कमिटीको एक तिहाई स्थायी कमिटी र ९९ जनाको पोलिटब्युरो हुने निर्णय गरेको छ ।    

    गत भदौमा सम्पन्न एमालेको विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र केन्द्रीय कमिटीको संख्या २५१ तय गरेको थियो । तर अहिले आकांक्षी धेरै देखिएपछि नेताहरुको व्यवस्थापनका लागि केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाइएको हो । अब बन्दसत्रले यो निर्णयलाई अनुमोदन गरेपछि नयाँ नेतृत्वको चयन प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।

    एमालेको केन्द्रीय नेतृत्व चयनको क्लस्टर: 

    एमालेको ११ औं महाधिबेसनबाट निर्वाचन गर्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना निम्नानुसार तय गरिएको छ :

    १- पदाधिकारी (१९ )जना
    अध्यक्ष: १
    उपाध्यक्ष: ५
    महासचिव: १
    उपमहासचिव: ३
    सचिव: ९ जना

    २- प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९x८ (७२) जना
    खुल्ला: ५
    महिला: ३
    युवा: १

    ३- खुल्ला कोटा (१२५ ) जना
    खुल्ला : ७१
    महिला : ५२
    युवा: २

    ४ जनजाति / आदिवासी ( २५) जना
    खुल्ला: १५
    महिला: ८
    युवा: २

    ५- मधेसी (१९) जना
    खुल्ला : ११
    महिला : ६
    युवा : २

    ६- प्रवास (२) जना
    भारत : १
    अन्य देश : १

    ७- श्रमिक (३) जना
    खुल्ला : २
    महिला : १

    ८- अपाङ्गाता भएका ब्यक्ति (१) जना
    खुल्ला : १

    ९- दलित (१२) जना
    खुल्ला : ७
    महिला : ४
    युवा : १

    १०- थारु (८) जना
    खुल्ला : ५
    महिला : ३

    ११- मुस्लिम (५) जना
    खुल्ला : ४
    महिला : १

    १२- पिछडिएको क्षेत्र (२) जना
    खुल्ला : १
    महिला : १

    १३- सम्पर्क समन्वय कमिटी (२) जना
    खुल्ला: १ 
    महिला: १  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij