Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

रश्मिको गोलमा कराची सिटीमाथि एपीएफ विजयी

रश्मिको गोलमा कराची सिटीमाथि एपीएफ विजयी

  • काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत एपीएफ क्लबले  पाकिस्तानको कराची सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफको जितमा खेलको ५२औं मिनेटमा रश्मि घिसिङले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    AGNI GROUP

    जारी प्रतियोगितामा एपीएफले ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । एपीएफले पहिलो खेलमा बंगलादेशको नासरिन क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो । 

    अब एपीएफले अर्को खेल डिसेम्बर १७ मा भारतको इस्ट बङ्गाल क्लबसँग खेल्ने तालिका रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij