Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

महाधिवेशनको तयारी सन्दर्भमा व्यवस्थापन समिति सचिवालयको बैठक

महाधिवेशनको तयारी सन्दर्भमा व्यवस्थापन समिति सचिवालयको बैठक

  • काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन गरिएको व्यवस्थापन समिति सचिवालयको बैठक पार्टी मुख्यालय च्यासलमा बसेको छ ।

    onlinepatrika
    Arghakhachi

    पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफल र समीक्षा गरेको एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए ।

    AGNI GROUP

    एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि काठमाडौँमा शुरु हुँदै छ । महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले तयारीहरू तीव्र पारिएको छ । महाधिवेशनका लागि बनेका विभिन्न समिति र उपसमितिहरूले युद्धस्तरमा काम गरिरहेका छन् ।

    समग्र तयारीको अवस्था बारे छलफल गरी बाँकी काम सम्पन्न गर्न व्यवस्थापन समिति सचिवालय अर्को बैठक मंसिर २५ गते बस्ने ढुङ्गेलले जानकारी दिए । ‘सम्भवतः ११ औँ राष्ट्रिय व्यवस्थापन समिति सचिवालय बैठक अन्तिम बैठक हुने छ,’ उनले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij