Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

थाइल्यान्डमा लुम्बिनी-नेपाल म्याराथन आयोजना गरिने

थाइल्यान्डमा लुम्बिनी-नेपाल म्याराथन आयोजना गरिने

  • काठमाडौँ । गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्यान्डमा लुम्बिनी-नेपाल मिनी म्याराथन आयोजना गरिने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    विश्वशान्तिका दूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीलाई प्रचार प्रसार गर्ने लक्ष्य सहित २०८३ साल बैसाख महिनाको तेस्रो हप्ता (सन् २०२६ मे महिनाको पहिलो हप्ता) उक्त कार्यक्रम आयोजना गर्ने तयारी नेपाली दूतावासले गरेको छ । यो प्रतियोगितामा १० किलोमिटर तथा ५ किलोमिटर दौड समावेश गरिनेछ ।

    AGNI GROUP

    आइतबार नेपाली राजदूतावास, थाइल्यान्डमा सरोकारवाला संघ संस्थाहरुको सहभागितामा एक छलफल कार्यक्रम सम्पन्न भएको दुताबासले जनाएको छ ।

    छलफलमा नेपाल एयरलाइन्स, गैर–आवासीय नेपाली संघ–थाइल्यान्ड राष्ट्रिय समन्वय परिषद्, पीपुल अफ नेपाली ओरिजिन एशोसिएसन, थाई–नेपाल संघ, थाई–नेपाल फ्रेन्डसिप एसोसिएसन, संयुक्त राष्ट्र संघीय निकायहरूमा कार्यरत नेपालीहरु, वेस्टर्न युनियन, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, किङ मुङ्कुट विश्वविद्यालयका प्राध्यापक–विद्यार्थी तथा थाइल्यान्डमा विभिन्न पेशा सञ्चालन गरिरहेका नेपाली उद्यमीहरु सहित म्याराथन सञ्चालन गर्ने केही थाई नागरिकहरूको समेत सहभागिता रहेको थियो।

    कार्यक्रमको आयोजनाको लागि थाईल्याण्डका लागि नेपाली राजदूत धन बहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोति बहादुर श्रीसको संयोजकत्वमा थाईल्याण्डमा स्थापित नेपालसंग सम्बन्धित सबै संघ–संस्थाका प्रतिनिधिहरू समावेश हुनेगरी एक आयोजक समिति गठन गरिएको छ । 

    म्याराथन कार्यक्रम विभिन्न मुलुकको पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यमका रूपमा स्थापित छ। सोही व्यहोरालाई मनन् गर्दै यो कार्यक्रमले  गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी, नेपाली पर्यटन, नेपाली परिकार  तथा नेपालको साँस्कृतिक र  निर्यातयोग्य वस्तुहरू को प्रचार–प्रसार गरी प्रभावकारी रुपमा नेपाल चिनाउने लक्ष्य राखिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij