Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

मंसिर २२ गतेदेखि आईपीओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ मिल्स

मंसिर २२ गतेदेखि आईपीओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ मिल्स

  • काठमाडाैं । रिलायन्स स्पिनिङ मिल्सले यही मंसिर २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सार्वजनिक निष्कासन गरिने ११ लाख ५५ हजार ९६० कित्ता सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गर्न लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम ५० र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन बन्द छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गते हुनेछ ।

    AGNI GROUP

    लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij