Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एनपीएलको यस सिजनको अन्तिम लिग खेल आज

एनपीएलको यस सिजनको अन्तिम लिग खेल आज

  • काठमाडौँ । आज नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेल हुदैछ । आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच दिउसो साढे ३ बजेदेखि खेल हुदैछ ।

    onlinepatrika
    Arghakhachi

    कर्णाली र जनकपुर दुवै यस सिजनको प्लेअफको दौडबाट बाहिरीएका छन् । कर्णाली र जनकपुर दुवैले यस सिजनमा यसअघि खेलेका ६-६ खेलमा १-१ खेल जितेका छन् भने ५-५ खेलमा हार बेहोरेका छन् । कर्णालीले एक मात्र जित लुम्बिनी लायन्सविरुद्ध हासिल गरेको थियो भने जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध जित हासिल गरेको थियो ।

    AGNI GROUP

    आज हुने यस खेलको नतिजाले कुनै प्रभाव पर्दैन । कर्णाली र जनकपुरसहित चितवन र पोखरा प्लेअफको दौडबाट बाहिरिएका छन् भने सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स प्लेअफमा पुगेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij