Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबादुर जिसीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।
शर्माले राजीनामा पत्रमा लेखेका छन् ’उपरोक्त सम्बन्धमा म, राजकुमार शर्मा, नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु ।’
प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएपछि माओवादी केन्द्रको संसदीय दलको नेताबाट राजीनामा दिएको बुझिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij