Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

आफ्नै चिह्न लिएर चुनाव लड्ने खगेन्द्र सुनारको पार्टीको घोषणा

आफ्नै चिह्न लिएर चुनाव लड्ने खगेन्द्र सुनारको पार्टीको घोषणा

  • काठमाडौं । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आफ्नै निर्वाचन चिह्न ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ लिएर निर्वाचनमा भाग लिने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    यसअघि उज्यालो नेपाल पार्टीको निर्वाचन चिह्न ‘बलेको चिम’ एकल चुनाव चिह्नबाट आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिने गरी दर्ता भए पनि सहमति टुटेपछि सुनार नेतृत्वको पार्टी आफ्नै निर्वाचन चिह्न लिएर चुनावमा भाग लिन लागेको हो ।

    AGNI GROUP

    मंसिर १० गते कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको ‘बलेको चिम’ चिह्न लिएर निर्वाचनमा भाग लिन दुई पार्टीबीच सहमति भएको थियो ।

    कानुनी झमेला हुने भएकाले पूर्वसहमतिबाट अलग भएर आफ्नै चुनाव चिह्न ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ लिएर निर्वाचनमा सहभागी हुन गरी मंसिर १६ गते पुनरावलोकन गरेर दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij