Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसिस आज नेपाल आउने भएका छन् । उनी आज अपरान्ह ४ः३० बजे नेपाल आइपुग्ने कार्यतालिका रहेको छ । फाफलाई विराटनगर किंग्सले अनुबन्ध गरेको छ ।
विराटनगरले आगामी खेल बुधबार लुम्बिनी लायन्ससँग खेल्नेछ । उक्त खेलमा डु प्लेसिस उपलब्ध हुनेछन् । उनको उपस्थितीलाई लिएर नेपाली दर्शक निकै उत्साहित छन् ।
दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसले आईपीएलका १५४ खेल खेलेका छन् । उनले २०१२ मा चेन्नई सुपर किंग्स (सिएसके) मार्फत आईपीएल यात्राको सुरुवात गरेका थिए ।
उनी राइजिङ पुणे सुपरजायन्ट्स, रोयल च्यालेन्जर्स बेंगलोर र दिल्लीबाट पनि खेलेका छन् । फाफले १३५.७८ को स्ट्राइक रेटमा ४७७३ रन बनाएका छन्, जसमा ३९ अर्धशतक समावेश छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij