Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

अब लघुवित्तबाट १५ लाखसम्म ऋण लिन पाइने

अब लघुवित्तबाट १५ लाखसम्म ऋण लिन पाइने

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जाको सीमा वृद्धि गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा मार्फत लघुवित्तबाट प्रवाह हुने कर्जाको सीमा बढाएको हो ।

    onlinepatrika
    Arghakhachi

    नयाँ व्यवस्था अनुसार लघुवित्तबाट १५ लाख रुपैयाँसम्म ऋण लिन पाइने भएको छ । यसअघि लघुवित्त वित्तीय संस्थाहरूले धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँ मात्र रहेको थियो। राष्ट्र बैंकले सो सीमालाई शतप्रतिशत भन्दा बढीले वृद्धि गर्दै १५ लाख रुपैयाँ कायम गरेको हो  ।

    AGNI GROUP

    ‘लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा रु।७ लाखबाट वृद्धि गरी रु।१५ लाख कायम गरिनेछ’, मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।

    १५ लाखसम्मको सुविधा प्राप्त गर्नका लागि ऋणीले धितो भने अनिवार्य राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij