Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ । रास्वपा र विवेकशील साझाबीच आज काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा एकताको घोषणा गरिएको हो ।
दुवै दलबीचको एकतामा रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल र विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटाले हस्ताक्षर रहेका छन् । सो कार्यक्रममा विवेकशील साझाले आफ्नो विपद व्यवस्थापन कोषमा रहेको ३३ लाख नगद रास्वपालाई हस्तान्तरण गरेको थियो ।
विवेकशील साझा पार्टीले रास्वपामा बिना शर्त समाहित हुने र रास्वपाकै नाम र चुनाव चिन्हलाई स्वीकार गर्दै एकता गरेको जानकारी दिईएको छ ।
यस अघि शुक्रबार राती बसेको रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठकले विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने प्रस्ताव स्वीकृत गरेको थियो भने विवेकशील साझाले गत बुधबारको केन्द्रीय समिति बैठकले रास्वपासँग एकता गर्ने निर्णय गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij