Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

संविधान संसोधनको ड्राफ्ट शहरमा घुमाइदैछ, बिना जनादेश सम्भव छैन- रक्षा बम

संविधान संसोधनको ड्राफ्ट शहरमा घुमाइदैछ, बिना जनादेश सम्भव छैन- रक्षा बम

  • काठमाडौँ । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले स्वार्थसमूहबाट प्रेरितहरूले ‘प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन' सँगै ‘तत्काल संविधान संसोधन’ लेखिएको ड्राफ्ट अहिले शहरभरी घुमिरहेको हल्ला रहेको बताएकी छन् । बमले भदौ २४ देखि नै यस्तो हल्ला चलेको र पछिल्लो पटक प्रधानमन्त्री सुशिला कार्की र एमालेबीचको छलफलमा समेत यो विषय उठेको उल्लेख गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले २०७२ को संविधान बर्षौको समय र हजारौंको बलिदानपश्चात बनेको संविधान भएकोले केही स्वार्थप्रेरितहरु यसको मूल मर्ममा नै प्रहार गर्नेगरी संविधान संसोधनको मुद्दा उठाईरहेको र यसबारेमा राम्रोसँग थाहैनभएका जेन जी साथीहरु उनीहरुको गोटी बनेको बताएकी छन् । 

    AGNI GROUP

    उनले भनेकी छन्- ;नेपालको संविधान २०७२ यत्तिकै आएको संविधान होईन । बर्षौको समय र हज्जारौंको बलिदानपश्चात बनेको संविधान हो यो । केही स्वार्थप्रेरित मानिसहरु यसको मूल मर्ममा नै प्रहार गर्नेगरी संविधान संसोधनको मुद्दा उठाईरहेका छन् र यसबारेमा राम्रोसँग थाहैनभएका जेन जी साथीहरु उनीहरुको गोटी बनिरहेका छन् । बिभिन्न समूहका जेन जी साथीहरुसँग यसबारेमा छलफल हुँदा पनि हामीले यी कुराहरु उठाएका थियौं/छौं। जेन जी साथीहरुले मात्र नभई समाजलाई बिभिन्न तरिकाले प्रभावमा पार्न सक्ने व्यक्तिहरुसमेत यस्तै ड्राफ्टलाई छलफलमा ल्याउदै हिडेको हामीले थाहापाएका छौं । कतिपय जेन जी साथीहरु त आन्दोलनमा समेत आउनुभएको थिएन । र कतिपय साथीहरुलाई त संविधान भनेको के हो समेत थाहा थिएन । उहाँहरुलाई लाग्छ, यो व्यवस्था उल्टाउने बित्तिकै जादुको छडी घुमाएजसरी सबैथोक एकै रातमा परिवर्तन भईहाल्ने वाला छ ।'

    उनले देश भनेको जादुको छडीले चल्ने चीज नभएको र देश चलाउनका लागि विधिको शासन, लोकतान्त्रिक मूल्य मान्यता र जनपक्षीय सहभागिताको आवश्यकता पर्ने बताएकी छन् । उनले आफुहरु पनि संविधान पुनरावलोकनको पक्षमा नै रहेको तर त्यसका लागि जनादेश जरुरी रहेको स्पष्ट गरेकी छन् । 

    उनले भनेकी छन्- 'हामी लोकतान्त्रिक विधीलाई मान्दछौ । संविधान संसोधन गर्न चाहने वा प्रत्यक्ष निर्वाचित प्रणाली राख्न चाहने जो कोही हुनुहुन्छ, तपाईहरु चुनावी मैदानमा घोषणापत्रमा नै उल्लेख गरेर भोट माग्न सक्नुहुनेछ र यी बिषयहरुलाई परीक्षण गर्दै जनादेश लिएर आउन सक्नुहुन्छ । त्यो नै सबैभन्दा लोकतान्त्रिक उपाय हो ।'

     बमले अहिलेको संक्रमणकालीन समयमा अनावश्यक हस्तक्षेप गर्दै स्वार्थपूर्ण खेल खेल्न खोज्नेहरुलाई होसियार रहन चेतावनी दिदै छोटो बाटो खोजेर, देशलाई थप अनिश्चितता तर्फ धकेल्नका लागि खेलिने हरेक खेलको आफुहरुले बिरोध गर्ने र डटेर सामना गर्न पनि तयार रहेको बताएकी छन् । उनले भनेकी छन्- 'यस नागरिक सरकारको लागि आन्दोलनले स्पष्ट म्यान्डेट दिईसकेको छ । र नागरिक सरकार कुनैपनि हालतमा आन्दोलनको म्यान्डेटभन्दा बाहिर जादैन/जान पाउदैन भन्ने कुरामा हामी विस्वस्त छौं ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij