Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एनपीएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

एनपीएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

  • काठमाडौँ । नेपाल प्रिमियर लिग अन्तर्गत आज एक खेल हुदैछ । आज कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच दिउसो ३: ३० बजेदेखि खेल हुदैछ ।

    onlinepatrika
    Arghakhachi

    जारी एनपीएलमा कर्णाली याक्सले ४ खेलमा केवल एक खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले ५ खेलमा ३ खेल जितेको छ भने २ खेलमा हार बेहोरेको छ ।

    AGNI GROUP

    सोमपाल कामीको कप्तानीमा गुलशन झा, नन्दन यादव, पवन सराफ, जस्ता राष्ट्रिय खेलाडी रहेको कर्णाली याक्समा जयकिशन कोलसावाला, म्याक्स ओ'डाउड, प्रियांक पञ्चाल,  मार्क वाट र नाजिबउल्लाह जद्रान जस्ता विदेशी खेलाडी समेत रहेका छन् ।

    त्यस्तै करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाजमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी रहेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij