Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । सिटि होटल लिमिटेडको लिलाम बिक्री गरिएको सेयर बाँडफाँट गरिएको छ । कम्पनीले कात्तिक २३ देखि ३० गतेसम्म लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा राखेको २१ लाख ५० हजार ४१८ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड भएको हो ।
बिक्री अवधिभर परेका गोप्य शिलबन्दी बोलपत्रहरू मंसिर ५ गते खोली मंसिर ११ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो । होटलले संस्थापक समूहतर्फको १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारी तर्फको लकइनमा रहेको ६ हजार कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको १ लाख ५४ हजार ४१९ कित्ता सेयर लिलामीमा राखेको थियो ।
बाँडफाँडमा संस्थापक समूहतर्फको अन्तिम मूल्य (कट अफ प्राइस) २५१ रुपैयाँ, कर्मचारी तर्फको लकइनमा रहेको सेयर ३०६.१० रुपैयाँ र सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको सेयरको ४३६ रुपैयाँ मूल्य कायम भएको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूलाई सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij