
May 07 2025 | २०८२, वैशाख २४ गते
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले दरबारमार्गमा जनसभाको आयोजना गर्यो । जनसभामा सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्ड र माधवको समूहलाई ताकेरै सार्वजनिकरुपमा उद्घोष गर्दै भने, ‘मासांहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा राखिनेछ ।’
गृहमन्त्री थापाको अभिव्यक्ति आएको दशघन्टा नबित्दै नेतृ पम्फा भुषालले सरकारतिरै कडा जवाफ फर्काएकी छन् । सांसद भुषालले बैतडीमा भएको १७ वर्षीया भागीरथी भट्टको घटनालाई जोडेर लेखेकी छन्, ‘भट्ट बलात्कारको शिकार र विभत्स हत्या भएको छ । अपराधीलाई कडा कारवाही गर । सक्छौं भने चिडियाखानामा राख सरकार ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij