Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

कुलमान, बालेन र सुदनलाई पक्राउ गर्न माग

कुलमान, बालेन र सुदनलाई पक्राउ गर्न माग

  • काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन जीका प्रतिनिधि भनिने सुदन गुरुङलाई पक्राउ गर्नुपर्ने माग गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा जेन जीका नाममा अवरोध भएपछि नेता बस्नेतले यस्तो माग गरेका हुन् । उनले उनीहरूले जेन जी समूहलाई अराजक र उत्तेजक बनाएर आफूहरूको कार्यक्रममा बाधा पुर्‍याउन षड्यन्त्र गरेको भन्दै पक्राउ गरेर छानबिन गरिनुपर्ने बताएका छन् ।

    AGNI GROUP

    सामाजिक सञ्जाल फेसबुकमा नेता बस्नेतले लेखेका छन्–

    एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा जाँदा जेन जीको नाममा प्लेकार्ड देखाउने युवाहरूप्रति कुनै आपत्ति थिएन ।

    तर, कार्यक्रमस्थलतर्फ आउँदा सडक अवरुद्ध गर्न केही व्यक्ति आएपछि युवाहरूले प्रतिरोध गरेर सडक खाली गरेपछि तिनीहरू हटेका छन् । प्रहरी प्रशासनलाई धन्यवाद दिनैपर्छ । उनीहरूले देखाएको उच्च सतर्कता र जिम्मेवार भूमिकाले आजसम्म कुनै पनि अप्रिय घटना हुन दिएको छैन ।

    जेन जी समूहलाई अराजक र उत्तेजक बनाएर र आफूलाई जेन जीका नेता ठान्ने हाम्रो कार्यक्रममा बाधा पुर्‍याउन षड्यन्त्र गर्ने बालेन, कुलमान घिसिङ, सुदन गुरुङ हुन् । यिनलाई पक्राउ गरेर छानबिन गर्नैपर्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij