Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एसीसी यू-१९ प्रिमियर कपमा नेपालले विजयी शुरुवात

एसीसी यू-१९ प्रिमियर कपमा नेपालले विजयी शुरुवात

  • काठमाडौं । एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत नेपालले विजयी शुरुवात गरेको छ । नेपालले साउदी अरेबियालाई ९ विकेटले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    साउदी अरेबियाले दिएको २१९ रनको लक्ष्य पछाएको नेपालले ३०.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि निरज कुमार यादवले ११४ रनको शतकीय पारी खेलेका थिए भने निश्चल क्षेत्रीले अविजित ६६ त् वंश क्षेत्रीले ३० रन बनाएका थिए ।

    AGNI GROUP

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ५० ओभरमा ९ विकेट गुमाएर २१८ रन बनाएको थियो ।

    साउदी अरेबियाका लागि मोहमद जुबेर सुनासाराले ४८, मोहमद रेहान सिद्धिकीले ४१ रन बनाए भने ओमैर अहमद वहावले ३९ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर अशोक धामीले २ विकेट लिए भने दयानन्द मण्डल, शुसिल बहादुर रावल, किब्रिन श्रेष्ठ र दर्शन सुनारले एक एक विकेट लिएका थिए ।

    अब नेपालले अर्को खेल हङकङविरुद्ध नोभेम्बर २७ मा खेल्दैछ ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij