Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एनपीएल-२ : साबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित

एनपीएल-२ : साबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित

  • काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले अपराजित यात्रा कायमै राखेको छ ।

    onlinepatrika
    Arghakhachi

    भर्खरै सम्पन्न खेलमा विराटनगरले साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले हराएको हो । १३६ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ९ विकेटको क्षतिमा १२६ रनमै समेटियो ।

    AGNI GROUP

    उसका लागि जान निकोल लोफ्टी इटनले ४१ रन बनाउँदा लाहिरु मालिन्थाले २३, सञ्जय कृष्णमुर्तीले २०, आसिफ शेखले १३ रन जोडे ।बलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले चार, सुर्य तामाङले दुई तथा शुभम रन्जाने र मर्चान्ट डि लान्जले एक–एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन जोड्यो । उसका लागि बसिर अहमदले सर्वाधिक ३६ रन जोडे । यस्तै, लोकेश बमले २८, शुभम रन्जानेले १५, मार्टिन गप्टिलले १३, जर्ज मुन्सीले १० रन जोडे ।

    जनकपुरका संगीथ कुरेले ४ ओभरमा २६ रन खर्चेर दुई विकेट लिए भने रुपेश सिंहले २ ओभरमा १२ रन खर्चेर दुई विकेट लिँदा आदित्य महताले २ ओभरमा १६ रन खर्चेर एक विकेट लिए ।

    पहिलो खेलमा जनकपुर काठमाण्डु गोर्खाजसँग पराजित भएको थियो । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई तथा दोस्रो खेलमा काठमाण्डु गोर्खाजलाई हराएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij