Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

प्रगतिशिल लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा आज हुदै

प्रगतिशिल लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा आज हुदै

  • काठमाडौँ । डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारसहितका नेताहरुले आज नयाँ दल घोषणा गर्दैछन् ।

    onlinepatrika
    Arghakhachi

    बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी (नयाँ शक्ति) पार्टी, माओवादी केन्द्र छोडेका जनार्दन शर्माको प्रगतिशील अभियान र राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारलगायत मिलेर गठन हुन लागेको प्रगतिशिल लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा आज हुन लागेको हो ।

    AGNI GROUP

    पार्टी अध्यक्ष परिषद बनाएर नेतृत्व चयन गर्ने तयारी भएको नेताहरुले जानकारी दिएका छन् । पाँच जनासम्मको अध्यक्ष परिषद र एक संरक्षक बनाउने मोटामोटी सहमति भएको छ । त्यस्तै १५१ सदस्यीय केन्द्रीय समित बनाउने तयारी भएको छ ।

    बृहत एकता घोषणा सभा नाम दिइएको कायर्क्रम बिहान ११ बजे राष्ट्रिय सभा गृहमा हुने बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij