Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ को दलको नाम नेकपा (माओवादी) कायम भएको छ । यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामबाट राजनीतिक गतिविधि गर्दै आएपनि आयोगमा नेकपा (माओवादी) नाम राखेर दल दर्ता भएको हो ।
दल दर्ताको निवेदन दिने क्रममा नेकपा पहिला नै दर्ता भएकाले उनले कम्युनिष्ट पार्टी नेपाल नाम राखेका थिए, तर दर्ताको क्रममा आयोगले नाम नेकपा (माओवादी) नै कायम राख्न स्वीकृत दिएपछि विप्लवको दल नेकपा माओवादी भएको हो ।
त्यस्तै दलको चुनाव चिन्द गुलाबको फूल चुनाव चिन्ह रहने भएको छ । दलको केन्द्रीय समिति १०५ सदस्यीय हुने भएको छ जसमा महासचिवमा विप्लव र प्रवक्तामा खड्कबहादुर विश्वकर्मा रहेका छन् । त्यस्तै पार्टीको ६ सदस्यीय स्थायी समिति र २५ सदस्यीय पोलिटब्युरो रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij