Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

पद्मकन्या कलेजको क्यान्टिनमा महानगरको छापा

पद्मकन्या कलेजको क्यान्टिनमा महानगरको छापा

म्याद गुज्रिएको खाद्य र अव्यवस्थित भण्डारण भेटियो

  • काठमाडौं । पद्मकन्या कलेजको क्यान्टिन र छात्रावासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर देखिएको छ । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभूत आचरणमा पनि कमजोर भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    यो कलेज महानगरपालिकाको वडा नम्बर २८ बाग बजारमा पर्छ । अनुगमनका क्रममा चमेना गृहबाट म्याद गुज्रिएको ७ सय ग्राम चाउमिन नष्ट गरिएको थियो । कलेजकै आवासीय छात्राहरूका लागि सञ्चालनमा रहेको भोजनगृहमा पनि सरसफाइ कमजोर थियो । 

    AGNI GROUP

    स्टोर कोठामा खाद्य सामग्री अव्यवस्थित रूपमा भण्डारण गरिएको थियो । भान्सामा रहेको धुवाँ निकास गर्ने पङ्खा बिग्रिएको र खाना बनाउने ठाउँमा कालो जमेको फोहर थियो ।

    भान्छामा कीरा नियन्त्रण गर्ने कुनै विधि अपनाइएको देखिएन । यो भोजनगृह पी. के. चमेना गृह एण्ड रेस्टुरेण्टले सञ्चालन गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij