Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईलाई गएराती भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।
सोमबार मात्र प्रसाईंले जेनजी आन्दोलनका क्रममा सिहदरबार, सर्वोच्च अदालत लगायत आगजनी गरिएको र सुशिला कार्कीलाई प्रधानमन्त्री बनाइएको विषयमा पत्रकार सम्मेलन गरेर भिडियो सार्बजनिक गरेका थिए । उनले गृहमन्त्री ओम प्रकाश अर्यालको आन्दोलनको भूमिकाका बारेमा समेत कैयौं आरोप लगाएका थिए ।
उनले आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij